२८ आश्विन २०८३, बुधबार

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत सामग्री तत्काल पुर्‍याउन सांसदहरुसँग मन्त्रीको छलफल

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत सामग्री तत्काल उपलब्ध गराउने विषयमा सांसदहरुसँग छलफल गरेकी छिन् ।

मन्त्री चौधरीले आज मन्त्रालयमा संसादहरुसँग बाढी प्रभावित क्षेत्रमा राहत सामग्री तत्काल उपलब्ध गराउन छलफल गरेकी हुन् ।

मन्त्री चौधरीले बाढी प्रभावित नागरिकलाई राहत खाद्यान्न, स्वच्छ खानेपानी, औषधि, लत्ताकपडा लगायतका अत्यावश्यक सामग्री शीघ्र पुर्‍याउन सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिइन् । उनले प्रभावित नागरिकको आवश्यकता पहिचान गरी राहत सामग्रीको आपूर्ति तथा वितरणलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक कार्ययोजना अघि बढाउने विषयमा जोड दिइन् ।

छलफलमा बाढी प्रभावित क्षेत्रमा राहत सामग्रीको आपूर्ति तथा वितरणका लागि सरकारी निकाय, स्थानीय तह र सम्बन्धित पक्षबीच समन्वय गरी तत्काल आवश्यक सहयोग उपलब्ध गराउने विषयमा छलफल भएको थियो ।

छलफलमा भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई राहत तथा अत्यावश्यक सामग्रीको अभाव हुन नदिन उपलब्ध स्रोत–साधनको प्रभावकारी परिचालन गर्दै राहत वितरणलाई थप व्यवस्थित र शीघ्र बनाउनेमा जोड थियो ।

छलफलमा कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरी, कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति समिक्षा बास्कोटा, सांसदहरु सुरेश चौधरी, जनक सिंह धामी, ओजस्वी श्रीचन, धर्म केसी, अनुश्का श्रेष्ठ, श्रद्धा कुँवर, सृजना श्रेष्ठ र राम लामाको सहभागी थियो ।