काठमाडौं । उद्योगमन्त्री गौरीकुमारी यादवले परीक्षण उत्पादन भइरहेको हेटौंडा कपडा उद्योगको अवलोकन गरेकी छन् ।
शनिबार बिहान उद्योगको स्थलगत निरीक्षण तथा अवलोकन गर्न पुगेकी मन्त्री यादवलाई नेपाली सेनाका प्राविधिक टोलीले उद्योगको वर्तमान अवस्था, पुराना मेसिन तथा तानको मर्मतसम्भार र परीक्षण उत्पादनबारे जानकारी गराएको हो ।
सरकारले नेपाली सेनालाई उद्योगको मर्मतको जिम्मा दिएको छ ।
करिब साढे दुई दशकपछि कपडा उद्योगको प्रारम्भिक परीक्षण उत्पादन सुरु गरिएको छ ।
सरकारको दीर्घकालीन योजना हेटौंडा कपडा उद्योगमार्फत नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका लागि आवश्यक पोसाक तथा अन्य कपडा स्वदेशमै उत्पादन गर्ने रहेको छ ।













प्रतिक्रिया