काठमाडौं, २ असार । नेपाल विद्यार्थी संघले भदौको अन्तिम साता एघारौँ महाधिवेशन गर्ने निर्णय गरेको छ ।
राजधानीमा आज सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले भदौ अन्तिम साता महाविधेशन गर्ने निर्णय गरेको प्रवक्ता यूपी लामिछानेले जानकारी दिए । नेविसंघले गरेको यो निर्णयलाई कांग्रेसले अनुमोदन गर्नुपर्ने छ ।
कांग्रेसले निर्णय अनुमोदन गरेमा नेविसंघको माधिवेशन भदौको २९, ३० र ३१ गते हुने छ । यस अघि पनि नेविसंघको महाधिवेशन पटक पटक स्थगित भइसकेको छ ।















प्रतिक्रिया