३१ आश्विन २०८३, शनिबार

कांग्रेसको अनुशासन समितिको बैठक बस्दै, देउवा पक्षधरलाई होला त कारबाही ?

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज (शुक्रबार) बस्दैछ ।

केन्द्रीय कार्यालय बीपी भवन सानेपामा उक्त समितिको बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ । समितिका सचिव दिनेश थापामगरका अनुसार बैठकमा समितिका सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिसकिएको छ ।

निवर्तमान सभापति शेरबहादुर देउवा समूहले गत साउन २९–३१ मा अलग्गै राष्ट्रिय भेला गरेको तथा देउवा नेतृत्वको तत्कालीन केन्द्रीय समितिले १५ औं महाधिवेशन गर्ने सार्वजनिक गरिरहेको बेला गगन थापा नेतृत्वको कांग्रेसले अनुशासन समितिको बैठक बोलाएको हो । जसकारण पार्टीभित्रको आन्तरिक विवाद चर्किएको बेलामा अनुशासन समितिको बैठक बोलाइनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

अनुशासन समितिले देउवा पक्षधर नेतालाई कारबाही गर्ने अनुमान गरिएको छ ।