३१ आश्विन २०८३, शनिबार

प्रोफेसर मोहम्मद रमजान अली मियाँलाई ‘एनएचआरएफ मानवीय सम्मान’

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लामो समयदेखि मानवअधिकार र श्रमिक अधिकारको क्षेत्रमा सक्रिय प्राध्यापक मोहम्मद रमजान अली मियाँ ‘एनएचआरएफ मानवीय सम्मान’बाट सम्मानित भएका छन् ।

विश्व मानवीय दिवसको अवसरमा राष्ट्रिय मानवअधिकार तथा मानवीय महासंघ (एनएचआरएफ)ले मानवता, मानवअधिकार तथा सामाजिक सेवाका क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै मियाँलाई कदरपत्रसहित सम्मान गरेको हो ।

सम्मान प्राप्त गरेपछि मियाँले महासंघका संस्थापक तथा सम्पूर्ण परिवारप्रति आभार व्यक्त गर्दै उक्त सम्मानले मानवअधिकार र सामाजिक सेवाका क्षेत्रमा थप जिम्मेवार, सक्रिय र प्रतिबद्ध भएर काम गर्ने प्रेरणा दिएको बताए । उनले विशेषगरी कतारमा रहेका नेपाली तथा श्रमिक वर्गको हक, अधिकार, सम्मान र न्याय सुनिश्चित गर्ने अभियानमा अझ दृढताका साथ लागिरहने प्रतिबद्धता व्यक्त गरे ।

‘मानवता, मानवअधिकार, न्याय, समानता, करुणा र सामाजिक सेवाका क्षेत्रमा मेरो निरन्तर योगदानको सम्मानस्वरूप प्राप्त यस सम्मानले आगामी दिनमा अझ बढी जिम्मेवार, सक्रिय र प्रतिबद्ध भएर अघि बढ्ने प्रेरणा दिएको छ,’ मियाँले भनेका छन् । यसअघि पनि मानवअधिकार तथा सामाजिक सेवाका क्षेत्रमा सम्मान प्राप्त गरेका मियाँले पछिल्लो सम्मानले आफ्नो सामाजिक तथा मानवअधिकार यात्रालाई थप ऊर्जा प्रदान गरेको उनको भनाई छ ।