१ कार्तिक २०८३, शनिबार

वैद्य माओवादीको नेपाल बन्द फिर्ता, दिउँसो १ बजेदेखि सवारीसाधन चल्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-banda (1)काठमाडौ, ३२ साउन । मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी र जनजाति तथा मधेसी दलले गरेको नेपाल बन्द फिर्ता भएको छ ।

आज दिउँसो १ बजेपछि बन्द खुल्ने वैद्य माओवादीका एक नेताले बताए । बन्दको प्रभाव न्यून भएपछि आन्दोलनरत दलहरुले दोेस्रो दिनको बन्द दिउँसो १ बजेबाट फिर्ता लिन लागेका हुन् ।

यसैबीच आन्दोलनरत दलहरुका कार्यकर्ताले राजधानीको काठमाडौ, भक्तपुर र ललितपुरमा प्रदर्शन गर्ने तयारी गरिरहेका छन् । काठमाडौको रत्नपार्कका केन्द्रित गरी प्रदर्शनको तयारीसमेत गरिएको माओवादीले जनाएको छ ।