१ कार्तिक २०८३, शनिबार

सहसचिव भट्टराई सचिवमा बढुवा

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सहसचिव कमलप्रसाद भट्टराई सचिवमा बढुवा भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सचिवमा बढुवा गरेको हो।

उनलाई बागमती प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।

उनी हाल बागमती प्रदेशका कायममुकायम प्रमुख सचिवको जिम्मेवारीमा छन्।

साउन २८ बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले नेपाल प्रशासन सेवाको सचिव पदमा बढुवाका लागि भट्टराई, इन्दु घिमिरे र श्रीकृष्ण नेपालको नाम सिफारिस गरेको थियो।