१ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्रीले मन्त्रीहरूसँग गरे कार्यसम्पादन सम्झौता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले चालु आर्थिक वर्षमा सरकारका प्राथमिकता र निर्धारित लक्ष्यलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न मन्त्रिपरिषद्का सदस्यहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री शाह र मन्त्रीहरूबीच सम्झौतामा हस्ताक्षर गरी त्यसका प्रतिहरू आदानप्रदान गरिएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन्।

दाहालका अनुसार सम्झौतामा सरकारको सुशासन प्रवर्द्धन, सामाजिक न्याय सुनिश्चित गर्ने तथा आर्थिक र समग्र समृद्धिसँग जोडिएका प्रमुख कामलाई प्राथमिकतामा राखिएको छ। चालु आर्थिक वर्षमा मन्त्रालयले हासिल गर्नुपर्ने लक्ष्य तथा अपेक्षित उपलब्धिलाई समेत सम्झौतामा समेटिएको बताइएको छ।

यसैबीच प्रधानमन्त्री शाहले नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीसँग पनि कार्यसम्पादन सम्झौता गरेका छन्।