१ कार्तिक २०८३, शनिबार

गृहमन्त्री गुरुङद्वारा बुढीगण्डकी जलविद्युत् कम्पनीको फिल्ड कार्यालय अनुगमन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा । गृहमन्त्री सुधन गुरुङले बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको फिल्ड कार्यालयमा पुगेर कार्यालयको गतिविधि तथा आयोजनासम्बन्धी विषयमा जानकारी लिएका छन् ।

गण्डकी गाउँपालिका–१, भिम्चुलिनार, गोरखास्थित फिल्ड कार्यालयमा पुगेर मन्त्री गुरुङले सम्बन्धित अधिकारीहरूसँग प्रत्यक्ष रूपमा जानकारी लिँदै आयोजनाको अवस्था र कार्यालयबाट भइरहेका कामबारे जानकारी लिएका हुन् ।

गृहमन्त्री गुरुङले स्थलगत रूपमा कार्यालयको अनुगमन गर्दै आयोजना तथा स्थानीयस्तरमा देखिएका विषयलाई नजिकबाट बुझ्ने प्रयास गरे ।