हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज विश्वासको मत लिँदैछन् ।
सोमबार दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा बानियाँले विश्वासको मत लिने लागेका हुन् ।
नेकपा (एमाले)का मन्त्रीहरूले राजीनामा दिएर समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिन लागेका हुन् । अल्पमतमा परेका मुख्यमन्त्रीले ३० दिन भित्र प्रदेश सभाबाट बहुमत सदस्यको विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार उनले आज विश्वासको मत लिन लागेका हुन् ।
बागमती प्रदेश सभामा हाल १०४ सदस्य छन् । अब आफ्नो सरकार टिकाउनका लागि बानियाँलाई कम्तिमा ५३ सांसदको समर्थन आवश्यक पर्छ । तर एमालेले समर्थन फिर्ता लिएसँगै कांग्रेससँग ३६ सांसद मात्रै बाँकी रहेका छन भने हाम्रो नेपाली पार्टी (हानेपा)को थप २ सिटसहित बानियाँसँग अब मात्र ३८ सिट रहेको छ ।
बहुमत पुर्याउन थप १५ सांसद आवश्यक पर्ने भए पनि मुख्यमन्त्री बानियाँले एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाहेकका दलसँग छलफल अघि बढाएका छन् । तर, कांग्रेस र बामपन्थी दुवैतिर नखुलेका राप्रपाको १२ र नेमकिपाको ३ सिट रहेको छ, दुवै दलले समर्थन गरेमा बानियाँ सरकार टिक्नेछ नभए उनको नेतृत्वको सरकार ढल्नेछ ।















प्रतिक्रिया