काठमाडौं । भारतीय प्रधानसेनापति जनरल धीरज सेठलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिँदैछ ।
राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आज आयोजना हुने विशेष समारोहमा भारतका स्थल सेनाध्यक्ष सेठलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम छ ।
नेपाल र भारतबीच एकअर्का देशका प्रधानसेनापतिलाई मानर्थ सेनापतिको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा रहेको छ ।
सेठ नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणमा हिजो नेपाल आएका हुन् ।
आज नै प्रधान सेनापति सिग्देल र भारतीय सेना प्रमुख सेठबीच दुई पक्षीय औपचारिक छलफल पनि हुनेछ ।
उनी पर्सी बुधबार मात्रै भारत फर्कने छन् ।















प्रतिक्रिया