३१ आश्विन २०८३, शनिबार

पेट्रोलियम पदार्थको मूल्य यथावत्, पाक्षिक ८१ करोड ३५ लाख घाटा

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ ।

निगम सञ्चालक समितिको आइतबारको निर्णय अनुसार सोमबार देखि लागू हुनेगरी साविकको खुद्रा बिक्री मूल्यलाई नै यथावत राखेको जनाएको हो ।

पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्दा पनि निगमलाई पाक्षिक रूपमा ८१ करोड ३५ लाख घाटा हुने निगमले जनाएको छ ।

निगमले गत साउन १८ गतेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल/मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको थियो ।

निगमका अनुसार, पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १ सय ९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १ सय ९९ रुपैयाँ र तेस्रो वर्गका लागि २ सय रुपैयाँ कायम छ ।

त्यस्तै, डिजेल/मट्टीतेल पहिलो वर्गका लागि प्रतिलिटर १ सय ९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १ सय ९९ रुपैयाँ र तेस्रो वर्गका लागि २ सय रुपैयाँ तोकिएको हो ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी, वीरगञ्जलाई पहिलो, सुर्खेत, दाङलाई दोस्रो र काठमाडौं, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा राखेको जनाएको छ।