१ कार्तिक २०८३, शनिबार

बिरामी भएका मन्त्री लम्साललाई बैतडीबाट धनगढी ल्याइयो

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वैतडी पुगेर बिरामी भएका भैतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढी ल्याइएको छ ।

आफैँ गाडी चलाएर शनिबार बेलुका दार्चुलाबाट बैतडीको गोठालापानी पुगेका मन्त्री लम्साललाई भाइरल ज्वरो र रुघाको संक्रमण देखिएको हो।

उनलाई धेरै गार्हो भएपछि सेनाको हेलिकप्टरबाट धनगढी ल्याइएको हो । धनगढीबाट मन्त्री लम्साल प्लेनमार्फत काठमाडौँ फर्किने छन्।

मन्त्री लम्साल बैतडी र बझाङका विभिन्न ठाउँको राजमार्ग र पूर्वाधारको अवस्था निरीक्षण गर्न गएका थिए ।