१ कार्तिक २०८३, शनिबार

क्यानडामा पत्नी पोइल गएको उजुरी नेपाल प्रहरीमा दर्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Patni-Poila-gaiकाठमाडौं, ३२ साउन । क्यानाडाको पिआर बनाएका महेश केसी (नाम परिवर्तन)ले एक बर्ष अघि पोखराकी रञ्जु थापासंग बिहे गरे ।

आफू भन्दा १७ वर्ष कम उमेरकी ती किशोरीसंग विहे गरेका उनले थापालाई श्रीमतीको दर्जा दिएर क्यानाडा लिएर गए ।

त्यसको एक महिना नबित्दै केसी छाँगाबाट खसे । जब उनकी श्रीमती उनलाई छाडेर अन्तै भागिदिइन् ।

४५ वर्षीय उनले आफ्नी श्रीमतीको खोजी गरिदिन नेपाल प्रहरीको इन्टरपोल शाखालाई अनुरोध गरेका छन् ।

उनकी श्रीमती रञ्जु उनलाई छाडेर क्यानाडा नजिकैको क्यारेबियन मुलुक एन्टिगुआ बरमुडामा गएको बताएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

‘ति युवतीमाथी आफ्नो लगानी भएको भन्दै दिन बिराएर फोन गर्ने गरेका छन्’ इन्टरपोल शाखाकी डीएसपी बसुन्धरा खडाले भनिन् ‘एन्टिगुआमा ति युवती छन्, छैनन् इन्टरपोलमार्फत बुझिरहेका छौ ।’

केसीले इन्टरपोललाई पठाएको इमेल अनुसार रञ्जु क्यारेबियन मुलूककी आफ्नै साथीसंग भागेकी हुन् ।

उनले त्यहाँका केहि मानिस आतंककारी गतिविधिमा समेत लाग्ने भएको जनाउँदै आफ्नी श्रीमती त्यता लागेको हुनसक्ने जनाएका छन् ।

अचेल प्रहरीमा विदेश लिएर गएकी श्रीमती त्यहाँ पुगेर भागेको र कमाउन विदेश गएका श्रीमान् सम्पर्कमा नआएका उजुरीहरु पर्ने गरेका छन् ।

विदेशी मुलूकमा रहेका प्रहरीसंग समन्वय गर्ने काम इन्टरपोलले गर्ने भएका कारण यस्ता उजुरीहरु पर्ने गरेका हुन् ।

युरोपियन र अमेरिकी मुलुकमा पैसा कमाउन जाने नेपाली युवतीहरुले त्यस्ता ब्यक्तिलाई माध्यमको रुपमा मात्र प्रयोग गर्ने गरेको पाइएको छ ।

‘त्यस्ता मुलूकमा गएर पैसा कमाउन लालयित हुन्छन्’ डीएसपी खडाले भनिन् ‘त्यहाँ पुगेपछि आफूलाई ल्याउने ब्यक्तिलाई छाडेर भाग्ने गरेको पाइएको छ ।’