१ कार्तिक २०८३, शनिबार

सिंहदरवारभित्रै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सञ्चालनमा ल्यायो बिक्री कक्ष

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सिंहदरवारभित्रै बिक्री कक्ष सञ्चालन गरेको छ । लिमिटेडले सातौँ वार्षिकोत्सवको अवसरमा सिंहदरबारभित्र बिक्री कक्ष सञ्चालनमा ल्याएको हो ।

सिंहदरबार बिक्रि कक्षको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उद्घाटन गरेकी हुन् । बिक्री कक्षमा नेपालमा उत्पादित १४२ प्रकारका खाद्य तथा गैर–खाद्य वस्तुहरू राखिएका छन् ।

सो अवसरमा उद्योगमन्त्री यादवले उपभोक्ता तथा कर्मचारीहरूलाई बिक्री कक्षमा आएर सामग्रीहरू खरिद गर्न र कम्तीमा एक पटक अवलोकन गर्न आग्रह गरिन् ।

उनले उपत्यकामा हाल ५ ठाउँमा खाद्यको स्टलहरू रहेका भन्दै आगामी दिनमा अन्य स्थानहरूका साथै भाटभटेनीमा पनि स्टल राख्ने सोच रहेको र सोही अनुसार प्रयास भइरहेको जानकारी दिए । त्यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत डिल्लीराज लम्सालले कर्मचारी, सेवाग्राही तथा विभिन्न कामले आउनेहरुको माग र मन्त्रीको निर्देशन अनुसार सिंहदरबारभित्र सेवा शुभारम्भ गरिएको बताए ।

सातौँ वार्षिकोत्सवको अवसरमा देशभरका १९३ स्थानबाट विभिन्न खाद्य वस्तुहरू प्रति केजी रु. ५ छुटमा सहुलियत मूल्यमा उपलब्ध गराइएको उनको भनाइ छ ।