३० आश्विन २०८३, शुक्रबार

आईएमई को-अपरेटिभको पाँचौं साधारणसभा : शेयर सदस्यलाई १५ प्रतिशत लाभांश दिने घोषणा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ime-group (1) काठमाडौं, ३१ साउन । आईएमई को–अपरेटिभ सर्भिस लिमिटेडको पाँचौं वार्षिक साधारणसभा शनिबार राजधानीमा सम्पन्न भएको छ ।

संस्थाले आर्थिक बर्ष ०७१/०७२ गरेको आयव्यय विवरण प्रस्तुत गर्दै पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको हो । आईएमईले पाँचौं वार्षिक साधारणसभाबाट आफ्ना शेयर सदस्यलाई १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

सभामा आईएमईका कार्यकारी अध्यक्ष योगेश्वर ढकालले आयव्यय विवरण प्रस्तुत गर्दै शेयर सदस्यलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरे ।
संचालक समितिको तर्फबाट कार्यकारी अध्यक्ष ढकालले आयव्यय विवरण प्रस्तुत गर्दै कूलनिक्षेप १ अर्ब ३९ करोड, कर्जा लगानी १ अर्ब ५ करोड ८० लाख, शेयर पुँजी १३ करोड, संचालन मुनाफा ६ करोड, खुद आम्दानी ३ करोड ६९ लाख गर्न सफल भएकाले आफ्ना शेयर सदस्यहरुलाई १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने र लाभांश वितरण पश्चातबाँकी रहेको आम्दानीको रकम संस्थाको विभिन्न कोषहरु खडागरी जम्मा गरेको प्रस्ताव पेश गरेका थिए ।

Ime-group (2)

उनले पेस गरेको प्रस्ताव सर्व सम्मत रुपमा अनुमोदन भयो । त्यस्तै, संस्थाका प्रमुख कार्यकारी अधिकृत अर्जुन पौडेलले आर्थिक बर्ष ०७२/०७३ को बार्षिक बजेट तथा विभिन्न कार्यक्रमहरु सभाबाट अनुमोदनको लागि सञ्चालक समितिमा पेस गरेका थिए । साथै आर्थिक बर्ष ०७२/०७३ मा शेयर पुँजीतर्फ १९ करोड, निक्षेप २ अर्ब र कर्जा लगानी १ अर्व ८० करोड, खुदमुनाफा ४ करोड २६ लाख पु¥याउने लक्ष्य सहितको अनुमानित बजेट समेत उनले प्रस्तुत गरेका थिए ।

सभाका प्रमुख अतिथि ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले संस्थाले छोटो अवधिमा नै उल्लेख्य प्रगति गर्न सफल भएको बताउँदै साथ साथै ७५ जिल्लामा रहेका सहकारी–सहकारीबीचको सम्बन्ध स्थापित गर्ने क्रममा रेमिटान्सको माध्यमबाट सम्वन्ध विस्तार गर्न र अनुपालन, सेवा, व्यवसायिक सञ्जाल, गुणस्तर लगानी, आम्दानी र सक्षमताको हिसाबले एक उत्कृष्ट सहकारीको रुपमा स्थापित हुने विश्वास व्यक्त गरे ।

आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले आगामी दिनमा संस्थाको प्रगतिको बृद्धिदर बिगत बर्षहरुको भन्दा अझ बढी बढाउन संस्था सफल होस भन्ने शुभकामना व्यक्त गरे ।

यस्तै, संचालक समितिको रिक्त पदपुर्तिमा दामोदर खनाल र उपेन्द्र घिमिरे सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।  सभाको अन्त्यमा संस्थाका कार्यकारी अध्यक्ष योगेश्वर शर्मा ढकालले शेयर सदस्यहरुले साधेका जिज्ञासाहरुको जवाफसहित एक उत्कृष्ठ सहकारी संस्थाको रुपमा स्थापित गर्ने प्रतिबद्धता जनाएका थिए ।