विराटनगर। अवैध नगद कारोबारसम्बन्धी सूचनाका आधारमा प्रहरीले विराटनगरका उद्योगी तथा मोरङ व्यापार संघका पूर्वअध्यक्ष प्रकाश मुन्दडाको घर र कार्यालयमा करिब पाँच घण्टा खानतलासी गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले अदालतको अनुमति लिएर बिहानै खोजतलासी गरेको थियो। प्रहरीले घर तथा कार्यालयका विभिन्न स्थानमा जाँच गरे पनि कुनै गैरकानुनी नगद वा शंकास्पद सामग्री फेला नपरेको जनाएको छ।
मोरङका प्रहरी उपरीक्षकले प्राप्त सूचनाको आधारमा नियमित अनुसन्धानअन्तर्गत खानतलासी गरिएको र कुनै आपत्तिजनक वस्तु नभेटिएकाले टोली फर्किएको जानकारी दिएका छन्।
यता, उद्योगी मुन्दडाले पनि प्रहरीले विस्तृत जाँच गरे पनि केही नभेटिएको बताएका छन्।















प्रतिक्रिया