३० आश्विन २०८३, शुक्रबार

दान गर्ने खेलाडीमा रोनाल्डो पहिलो, नेयमार पाँचौं नम्बरमा, मेस्सी हराए

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cristiano-ronaldo-lionel-messi-neymar

काठमाडौं, ३१ साउन । गरिब तथा असहायलाई दान गर्ने परोपकारी खेलाडीको सूचीमा फुटबल स्टार क्रिष्टियानो रोनाल्डो पहिलो नम्बरमा परेका छन् । खेलाडीहरुमा उनले सबैभन्दा बढी दान गरेका छन् ।

भर्खरै जारी गरिएको २० वटा परोपकारी खेलाडीको सूचीमा रोनाल्डो शीर्ष स्थानमा परेका हुन् । डूसमथिङ डट कमका अनुसार रियल मड्रिड एवं पोर्चुगलका स्टार रोनाल्डोले १० वर्षीय समर्थकको ब्रेन सर्जरीका लागि ८३ हजार डलरभन्दा बढी सहयोग गरेका थिए ।

यस्तै उनले आफ्नो आमाको उपचार गरिएको पोर्चुगलको क्यान्सर सेन्टरलाई १ लाख ६५ हजार डलरभन्दा बढी दान गरेका छन् । जसका कारण उनी सबैभन्दा बढी दानी खेलाडीमा परेका हुन् ।

दानी खेलाडीहरुको सूचीमा रेसलिङका जोन सिना दोस्रो स्थानमा छन् । अमेरिकन टेनिस सुन्दरी सेरेना विलियम्स तेस्रो, दक्षिण कोरियाका युना किम चौथो स्थानमा छन् ।

बार्सिलोना तथा ब्राजिलका स्टार फुटबलर नेयमार सूचीको पाँचौं स्थानमा छन् । सूचीको २० औं नम्बरमा पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी परेका छन् । यो सिजनको दानी खेलाडीको सूचीमा फुटबल स्टार लियोनल मेस्सी भने परेनन् ।