३१ आश्विन २०८३, शनिबार

गृहमन्त्री गुरुङलाई मृतकको घर नआउन स्थानीय जनप्रतिनिधिको आग्रह

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा । सिरहाको औरहीमा गोली लागेर मृत्यु भएका गणेश यादवको घरमा गृहमन्त्री सुधन गुरुङ जान लागेपछि स्थानीय जनप्रतिनिधिले तत्काल नआउन आग्रह गरेका छन्।

औरही गाउँपालिका–२ का वडाध्यक्ष रामअयोधी यादवका अनुसार क्षेत्रको अवस्था अझै सामान्य भइनसकेकाले प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्रीलाई भ्रमण स्थगित गर्न अनुरोध गरिएको हो। उनका अनुसार गृहमन्त्री पुगेमा थप तनाव उत्पन्न हुन सक्ने भन्दै मृतकको घर आसपास ठूलो संख्यामा युवा जम्मा भएका छन्।

पीडित परिवारले आफ्ना माग सम्बोधन गर्ने सरकारी प्रतिबद्धता पहिले प्रशासनमार्फत औपचारिक रूपमा पठाउनुपर्ने माग राखेको वडाध्यक्ष यादवले बताए।

यसैबीच, गृहमन्त्री गुरुङ सुनसरीबाट सप्तरी हुँदै सिरहातर्फ गइरहेका छन्। बिहीबार गोलबजारमा भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मीको गोली लागेर गणेश यादवको मृत्यु भएको थियो।