३१ आश्विन २०८३, शनिबार

प्रधानमन्त्री र मधेस केन्द्रित दलका नेताबीच छलफल

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह र तराइ मधेस केन्द्रित दलका शीर्ष नेताबीच छलफल सुरू भएको छ ।

सुनसरीको देवानगञ्ज र सिरहालगायत देशको पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल गर्न मधेस केन्द्रित दलका नेताहरूसँग सिंहदरबारमा छलफल सुरू गरेका हुन ।

बैठकमा जनमत पार्टीका अध्यक्ष सीके राउत, जनता समाजवादी पार्टीका संरक्षक महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, एमालेका लालबाबु राउत, रामकुमार शर्मा र समिम मियाँ अन्सारी, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंह तथा जनता समाजवादी पार्टीका नेता शरतसिंह भण्डारी र जयकान्त राउत सहभागी रहेको जनाइएको छ।