३१ आश्विन २०८३, शनिबार

गोलबजार घटना छानबिनका लागि एसपीको नेतृत्वमा समिति गठन

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा । सिरहाको गोलबजारमा भएको घटना छानबिन गर्न मधेस प्रदेश प्रहरी कार्यालयले तीन सदस्यीय समिति गठन गरेको छ।

बिहीबार दिउँसो गोलबजारमा गोली लागेर स्थानीय गणेश यादवको मृत्यु भएको घटनाको छानबिनका लागि एसपी भेषराज रिजालको कमान्डमा छानबिन समिति गठन गरिएको हो ।

समितिमा इन्सपेक्टर यज्ञराज भट्ट र असई गोबिन्द झा सदस्य छन्।