काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता बर्षमान पुनले देशमा राष्ट्रिय एकता र सद्भाव कायम गर्न प्रधानमन्त्रीले आवश्यक समन्वय गर्नुपर्ने बताएका छन् ।
बिहीबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै नेता पुनले राष्ट्रिय एकता र सद्भाव कायम गर्नका लागि प्रधानमन्त्रीले नै सर्वदलीय बैठक बोलाएर नेतृत्व र समन्वय गर्नुपर्ने बताएका हुन् ।
उनले राष्ट्रिय र संवेदनशील विषयमा सत्तापक्ष र प्रतिपक्ष भन्ने नहुने उल्लेख गरे । नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधतालाई सम्मान गर्दै सबै जाति र समुदायबीच आपसी सद्भाव कायम राख्न उनले अपील गरे ।
देशको वर्तमान भूराजनीतिक अवस्था र सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सरकार थप गम्भीर बन्नुपर्ने आवश्यकता देखिएको उनको भनाइ छ । उनले संसद चलिरहेको अवस्थामा प्रधानमन्त्री र गृहमन्त्रीले संसदमा उपस्थित भएर जनतालाई समग्र बिषयमा जानकारी गराउनुपर्ने धारणा राखे ।















प्रतिक्रिया