३१ आश्विन २०८३, शनिबार

यो सरकारले पनि सुशासन कायम गर्न सकेन, देशमा अर्को ठूलो दुर्घटना त हुने होइन ? : प्रचण्ड

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशमा फेरि अर्को ठूलो दुर्घटना हुने त होइन भन्ने आशंका व्यक्त गरेका छन् ।

आजको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले सरकारले सुशासन कायम गर्न नसकेको भन्दै देशमा ठूलो दुर्घटना हुन सक्ने सम्भावना औँल्याएका हुन् ।

सरकारलाई असफल साबित गर्न लागिएको आशंका पनि उनले व्यक्त गरे ।

“यो सरकारलाई असफल साबित गर्ने, यो सरकारले शान्ति सुरक्षा कायम गर्न सकेन, जनताको आर्थिक विकास र समृद्धिको आकांक्षा सम्बोधन गर्न सकेन,” प्रचण्डले भने, “यो सरकारले पनि सुशासन कायम गर्न सकेन । त्यसकारण नेपाललाई असफल राष्ट्र बनाउने र अर्को ठूलो दुर्घटना त हुने होइन ? भन्ने चिन्ता व्यक्त गर्दछु ।”

अझै पनि देशको राजनीति सहज नभएको उनको भनाइ छ । जन चाहनाअनुसार, काम हुन नसक्दा जनतामा निराश बढ्दै गएको उनको भनाइ छ ।