३१ आश्विन २०८३, शनिबार

गंगबुस्थित बसपार्कको होटलमा युवती मृत फेला

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गंगबुस्थित होटलमा एक युवती मृत फेला परेकी छिन् ।

गोङ्गबुको बिजी मल पछाडि रहेको माउण्ट एल्भिस होटलमा धनगढी स्थायी ठेगाना बताउने २८–३० वर्ष उमेरकी निशा सुनार मृत फेला परेकी हुन् ।

उनको हत्या हो कि आत्महत्या हो खुल्न सकेको छैन । उनका कोही पनि आफन्त अहिलेसम्म सम्पर्कमा आएका छैनन् ।

उनको शव त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।