काठमाडौं, ३० साउन । राजधानीमा बन्द सफल पारौं भन्दै माइकिङ गर्दै हिडेका २० जना पक्राउ परेका छन् ।
साउन ३१ र ३२ गतेको बन्द सफल पारौं भन्दै माइकिङ्ग गर्दै हिड्ने २० जनालाई उपत्यकाका विभिन्न ठाउँबाट शनिबार प्रहरीले पक्राउ गरेको छ ।
सो क्रममा काठमाडौं लाजिम्पाटबाट बा.१ ज २२४० नम्बरको ट्याक्सी चालकसहित ३ जना, कलंकी खसिबजारबाट बा.१ ज ३२३३ नम्बरको ट्याक्सी चालकसहित ३ जना, काठमाडौं महानगरपालिका–२० परोपकारबाट बा.१ ज ४७१० नम्बरको ट्याक्सी चालकसहित २ जना, ललितपुर ग्वार्को चोकबाट बा.१ ज ७१८ नम्बरको ट्याक्सीसहित २ जना, लगनखेल चोकबाट बा.१ ज ५४०९ नम्बरको ट्याक्सीसहित २ जना, ललितपुर बुंगमतीबाट बा.४ च २०२० नम्बरको कारसहित ४ जना, भक्तपुर मध्पुर ठिमी नगरपालिका–१३ बालकुमारी चोकबाट बा.१ च ३३७२ नम्बरको कारमा पर्चा २ वोरा, माइक २ थानसहित ४ जना गरी २० जना रहेका छन ।
यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।















प्रतिक्रिया