९ कार्तिक २०८३, सोमबार

के तपाईंलाई थाहा छ ? शिव पार्वतीको बिहे चीना जुराएर भएको थियो !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shiva-parbati

काठमाडौं, ३० साउन । साउन महिनाभर शिवजीको आराधना गर्ने प्रचलन हामीकहा छ। शिव पुराण अनुसार विवाह गर्दा शिव पार्वतीले पनि चीना जुराएको प्रमाण छ। पुराणमा शिव बताउनु हुन्छ :- हिमालयकी पुत्री पार्वतीले मलाई (शिवलाई) वरको रुपमा पाउँ भनि घोर तपस्या गरे पनि हामीले भागी विबाह गरेका होइनौं।

मेरा ससुरा हिमालयले गुरु गर्गाचार्यसँग मेरो र पार्वतीको जन्मकुण्डली बनाउन लगाई विवाह गर्दा कुनै खराबी नहुने निर्णय दिए पछिमात्र विवाह गरेका थियौं।

मेरो पहिलो विवाह जो सतीदेवीसँग भएको थियो शिव र सतीदेवी दुवैको राक्षस गण र आदी  नाडी परेकोले मैले भनेको नमानेर निमन्त्रण नै नगरिएको मेरा ससुरा दक्ष प्रजापतिको यज्ञमा हाम फालेर दुखद् निधन हुन गएको पछि ज्योतिषी ऋषिले विचार गर्दा नाडी लागेको विवाह भएकोले असफल रहेको रहस्य खुलेको थियो। हिमालयपुत्री पार्वतीसँगको विवाह पनि सतीदेवीसँगको जस्तो असफल नहोस् भनेर जन्मकुण्डली हेराई गरेका हौं। – ज्योतिषाचार्य डा. सुनिल सिटौला (ज्योतिष म्यागजिन)