३० आश्विन २०८३, शुक्रबार

पहिलो टेष्टमा भारत श्रीलंकासँग ६३ रनले पराजित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । श्रीलंकाको घरेलु मैदानमा भारतले पहिलो टेष्टमा ६३ रनको हार व्यहोरेको छ ।

शनिबार दिउँसो भएको खेलमा भारतविरुद्ध श्रीलंकाले ६३ रनको महत्वपूर्ण जित हात पारेको हो । जितसँगै श्रीलंकाले तीन टेष्ट म्याचको सिरिजमा १–० को अग्रता लिएको छ ।

भारतको सुरुवाती व्याटिङ प्रसंशनीय भएपछि त्यसपछिका व्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । सुरुवातमा २३ रन बनाउँदा १ विकेट गुमाएको भारतलाई जितका लागि १५३ रन मात्र चाहिएको थियो ।

तर, रंगना हेराथले उत्कृष्ट बलिङ गर्दै थप ६ विकेट लिएपछि भारतको ब्याटिङले मैदानमा घुँडा टेक्यो । हेराथले २१ ओभरमा ४८ रन दिएर कुल ७ विकेट लिए । श्रीलंकका अर्का बलर थरिन्दु कुशलले ३ विकेट लिएपछि भारत ११२ रनमा अलआउट भयो ।

भारतका अजिन्क्या रहाणेले सर्वाधिक ३६ रन बनाए । शिखर धवनले २८ र इशान्त शर्माले १० रन जोडे पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

यसअघि दोस्रो पारीमा दिनेश चण्डिमालले अविजित १६२ रन बनाएपछि श्रीलंकाले उत्कृष्ट पुनरागमन गरेको थियो ।

पहिलो पारीमा १९२ रनले पछि पारेको श्रीलंकाले आफ्नो दोस्रो पारीमा ९५ रन बनाउँदा ५ विकेट गुमाइसकेको थियो । तर, चण्डिमालले आक्रमक पारी खेल्दै श्रीलंकाको इनिङ उकासेका थिए ।

पहिलो पारीमा श्रीलंका १८३ रनमा अलआउट भएको थियो भने भारतले ३७५ रन बनाएको थियो ।