११ श्रावण २०८३, सोमबार

साउन १४ गतेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधिसभाको बैठक साउन १४ गतेसम्मका लागि स्थगित भएको छ ।

सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक साउन १४ गते बिहान ११ बजे बस्ने जानकारी दिएका हुन् । सांसदहरूलाई मतदाता तथा नागरिकसँग पुग्न समय आवश्यक भएको महसुस गरेको भन्दै संसद् स्थगित गरिएको जानकारी दिए ।

“संसद् लोकतन्त्रको केन्द्रबिन्दु हो । संसद्को जीवन्तता सांसदहरू जनतासँग कति निकट छन् भन्ने कुराले निर्धारण गर्दछ । प्रतिनिधिसभाका सदस्यहरू जनप्रतिनिधिसँगै जनता र संसद्‌बीच विश्वास, संवाद र उत्तरदायित्व जोड्ने लोकतान्त्रिक सेतु पनि हुन्,” उनले भने, “जनताका आवाज, आकांक्षा र अपेक्षालाई संसदको निर्णय प्रक्रियासम्म पुर्‍याउने र संसद्‌का निर्णयलाई पुनः जनतामाझ स्थापित गर्ने दुईतर्फी दायित्व नै जनप्रतिनिधित्वको सार हो ।”

उनले संसदीय बैठकको विश्रामलाई जनतासँगको विमर्शमा रुपान्तरण गर्न आग्रह गरे ।