९ कार्तिक २०८३, सोमबार

‘पहाडिया धपाउनुपर्छ’ भन्नेलाई देश निकाला !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Upendra-ameresh-rajendraकाठमाडौँ, ३० साउन । चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले कुनै पनि राजनीतिक दलले क्षणिक राजनीतिक लाभ लिनका लागि जातीय विद्वेष फैलाउने काम गर्न नहुने जनाएको छ ।

पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले आज विज्ञप्ति जारी गरी तराईमा सदियौंदेखि मिलेर बस्दै आएका थारु र पहाडी समुदायबीचको सुमधुर सम्बन्धलाई खलल पु¥याउने काम कसैले गर्न नहुने आग्रह गरेका छन् ।

badri-prsad-nyupane-300x180
अध्यक्ष बद्रीप्रसाद न्यौपाने

उनले कैलालीमा मधेसवादी दलका नेताले बोलेको भनाईप्रति आपत्ति जनाउँदै तत्काल कारवाही गर्न सरकारसँग माग समेत गरेका छन् ।

विज्ञप्तीमा भनिएको छ-‘जाती जातीबीच द्वन्द्व भड्काउन प्रेरित गर्नेलाई सरकारले कारवाही गर्नुपर्छ, देशविरुद्ध बोल्ने नेता देशद्रोही हो । देशद्रोहीलाई देश निकाला पनि गर्नुपर्ने अवस्था सिर्जना हुँदैछ, हामी जातिय सद्भाव नभड्काउन आग्रह गर्दछौं, अन्यथा देश निकालाका लागि वातावरण जनताबाट सिर्जना हुनेछ ।’

कैलालीमा थारु समुदायको उपस्थितीमा आयोजित एक कार्यक्रममा मधेसी समुदायका नेताले ‘तराईबाट पहाडिया धपाउनुपर्ने’ विवादास्पद अभिव्यक्ति दिएका थिए ।