९ कार्तिक २०८३, सोमबार

माछा पोखरीमा डुबेर बालकको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

fish-farms-12631

रत्ननगर (चितवन), ३० साउन । चितवनको रत्ननगरमा एक बालकको माछा पोखरीमा डुबेर मृत्यु भएको छ ।

स्थानीय मीनबहादुर क्षेत्रीका दुई वर्षीय छोरा अनमोल क्षेत्रीको माछा पोखरीमा डुबेर मृत्युभएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

घर नजिकै रहेको माछा पोखरीमा शुक्रबार खेल्ने क्रममा डुबेपछि बेहोस अवस्थामा निकालिएका उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्युभएको प्रहरीले जनाएको छ । रासस