काठमाडौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई प्रहरीले विमानस्थलबाट नियन्त्रणमा लिएर घर लगेर छाडेको छ । आज झापाबाट त्रिभुवन विमानस्थल झरेलगत्तै प्रहरीले नियन्त्रणमा लिएर घर पुर्याएको हो ।
उनले विमानस्थलमा ठूलो संख्यामा युटुयुबर बोलाएर भिडभाड गर्ने गरेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएर घर छाडेको हो । निषेधित क्षेत्रमा सार्वजनिक अभिव्यक्ति दिन नपाइने भएकाले उनलाई नियन्त्रणमा लिएर घर लगिएको प्रहरीले जानकारी दिएको छ ।
आइतबार प्रसाईँले झापाबाट काठमाडौं आएपछि विमानस्थलबाटै सुकुम्बासी समस्या, आत्मदाहका घटना, गरिब तथा पीडित नागरिकको अवस्था लगायत समसामयिक राष्ट्रिय विषयमा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको बताएका थिए ।
तर उनी विमानस्थलमा आइपुग्नासाथ काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । त्यसपछि प्रहरीले प्रसाईँलाई आफ्नो सवारीसाधनमार्फत भक्तपुरस्थित निवास पु¥याएर छाडेको जनाएको छ ।
यस घटनापछि केही अनलाइन सञ्चारमाध्यमले प्रसाईँ पक्राउ परेको भन्दै समाचार प्रकाशित गरेपछि प्रहरीले त्यसको खण्डन गरेको छ ।








प्रतिक्रिया