३० आश्विन २०८३, शुक्रबार

मेस्सी चल्न नसक्दा बार्सिलोनाको लज्जास्पद हार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Messi1

काठमाडौं, ३० साउन । स्ट्राइकर लियोनल मेस्सीले खेल्न नसकेपछि स्पेनिस सुपर कपको पहिलो लेगमा बार्सिलोना ठूलो गोल अन्तरले पराजित भएको छ ।

शुक्रबार राति भएको पहिलो लेगमा बार्सिलोनाले विल्बाओसँग ४-० गोल अन्तरको लज्जास्पद हार व्यहोरेको हो । युरोपियन च्याम्पियन बार्सिलोनामाथि शानदार जित निकाल्न विल्बाओका आरिट्ज अडुरिजले ह्याट्रिक गरे ।

घरेलु मैदानमा भएको खेलमा बिल्बाओले १३ औं मिनेटमा मिकेल सान जोसेको गोलबाट अग्रता लिएको थियो । दोस्रो हाफमा आरिट्ज चम्किए । ५३ औं मिनेटमा व्यक्तिगत पहिलो गोल गरेका उनले ६२ र ६८ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे ।

अपरिचित लाइन अपका कारण मेस्सीले आफ्नो खेल खेल्न सकेनन् । यद्यपि उनले पहिलो हाफको अन्त्यतिर उत्कृष्ट फ्रि किक हानेका थिए । अब सोमबार नाउ क्याम्पमा हुने दोस्रो लेगमा पुनरागमन गर्न बार्सिलोनालाई निकै कठिन हुने देखिएको छ ।