९ कार्तिक २०८३, सोमबार

महानिर्देशक सुवेदीलाई कालोमोसो दल्नेहरू रिहा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयबहादुर चलाउने ‘दीपक’
उदयबहादुर चलाउने ‘दीपक’

काठमाडौं, ३० साउन । वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदीलाई कालो मोसो दलेर कुटपिट गरेको अभियोगमा पक्राउ परेका नेत्रबिक्रम चन्द नेतृत्वका नेता तथा कर्याकर्तालाई प्रहरीले रिहा गरेको छ ।

प्रहरीले राष्ट्रिय युवा जनस्वयसेवकका केन्द्रीय संयोजक दीपक चलाउने, पार्टीका भक्तपुर सेक्रेटरी क्षितिज मल्ललगायत पाँच जनालाई गिरफ्तार गरेको थियो ।

नेकपा माओवादीको दवावपछि पक्राउ परेका नेताहरूलाई प्रहरीले छाडेको जनाइएको छ । प्रहरीले पूर्णबहादुर रसाइलीलाई भने छाडेको छैन ।

उनी कालो मोसो दल्ने प्रमुख व्यक्ति रहेको भन्दै कारबाही अगाडि बढाएको स्रोतको भनाइ छ ।

नेता तथा कार्यकर्ता छुटाउन नेकपा माओवादीका प्रवक्त खड्क विश्वकर्मा आफै हनुमानढोका पुगेका थिए ।

पक्राउ परेका नेताहरूलाई रिहा गराउन नेकपा माओवादीले शुक्रबार काठमाडौंको बालाजुमा प्रदर्शनसमेत गरेका थिए ।