– कालु बोहरा
अछाम, २९ साउन । अछामको साँफे नगरपालिका वडानम्वर १२ जमालगाँउमा बाघको आक्रमणवाट एकजना घाईते भएका छन् ।
६५ वर्षका शेर बहादुर बुढालाई बिहीवार दिउँसो बाघले आक्रमण गरी घाईते बनाएको हो । गाउँबाट करिब ८ किलोमिटर टाढा रहेको आफ्नै गोठछाना रहेको स्थानिय भोजपाटा भन्ने ठाँउमा एक्लै गोरु चराउन गएको अवस्थामा एक्कासी आएर आक्रमण गरेको स्थानीयले बताएका छन ।
बुढाको बायाँ हातको पाखुरा र पञ्जाब घाउ बनाएको छ । उक्त घट्ना भएको ठाउँमा अरु कोही पनि मानिसहरु नहुँदा कुनै जानकारी नभएको र बिहीवार साँझमात्र धान र मकैबाली हेरबिचार गर्न गएका स्थानीयले घाईतेलाई लडेको देखेर घट्नावारे थाहा भएको थियो ।
आफू घाईते भईसकेपछि पनि उनले दायाँ हातको प्रयोग गरी बाघलाई धपाएको जनाएका छन् । घाईतेको बयालपाटा अस्पतालमा उपचार गरिएको जनाईएको छ । साथै ईलाका प्रहरी कार्यालय बयालपाटाका प्रहरी नायब निरीक्षक लोकेन्द्र मल्लले उक्त क्षेत्रमा एक्लै नजान स्थानीयलार्ई आग्रह गरेका छन् ।















प्रतिक्रिया