काठमाडौं, २९ साउन । साफ यु-१६ फुटबल च्याम्पियनसिपको दोस्रो खेलमा अफगानिस्तानलाई पराजित गर्दै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार साँझ भएको दोस्रो खेलमा नेपालले अफगानिस्तानलाई १-० ले पराजित गरेको हो । बंगलादेशको सिलेटमा भएको खेलमा नेपालका लागि ४७औं मिनेटमा क्षितिज राजले निर्णायक गोल गरेर जित दिलाए ।
यसअघि, नेपालले समूहको पहिलो खेलमा माल्दिभ्सलाई ५-० ले हराएको थियो । शुक्रबारको खेलसँगै सेमिफाइनल समीकरण पनि पूरा भएको छ । नेपालले सेमिफाइनलमा आइतबार भारतसँग खेल्ने छ ।
















प्रतिक्रिया