२९ आश्विन २०८३, बिहिबार

चितवनमा बेलुका ७ बजेपछि मदिरा बेच्न र खान प्रतिबन्ध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chitwan-jilla-map

चितवन, १ असार । जिल्ला प्रशासन कार्यालय चितवनले यही असार ८ गते हुन गइरहेको संविधानसभा सदस्यको उपनिर्वाचनलाई दृष्टिगत गरी चितवन क्षेत्र नं. ४ मा बेलुका ७ बजेपछि मदिरा बेचबिखन र सेवनमा प्रतिबन्ध लगाएको छ ।

निर्वाचनलाई भयरहित बनाउन अर्को सूचना जारी नभएसम्म त्यस क्षेत्रमा बेलुका ७ बजेपछि मदिरा बेचबिखन र सेवन गर्न नपाइने  प्रशसनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा कसैले अटेर गरी मदिरा बेचबिखन गरेमा कारबाही गर्ने जनाइएको छ ।

त्यस्तै आफ्नो व्यक्तिगत सुुरक्षाका लागि राखिएका लाइसेन्स प्राप्त हतियार निर्वाचन प्रक्रिया पूरा नभएसम्म जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी चौकीमा बुझाउन पनि प्रशासनले आग्रह गरेको छ । निर्वाचनलाई भयरहित बनाउन लाइसेन्स प्राप्त हतियारसमेत लिएर हिँड्न नपाइने व्यवस्था छ ।