१ कार्तिक २०८३, शनिबार

‘पुस्ता हस्तान्तरण गर्ने हो भने सुरेन्द्र पाण्डे, घनश्याम भुसाल अध्यक्ष किन नहुने ?’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madhav Nepal

भरत खड्का 

उदयपुर, १ असार । नेकपा एमालेका वरिष्ठ नेता माधबकुमार नेपालले अवको एमाले नेतृत्व उमेरले वुढो र दाँत झरेकाबाट चल्न नसक्ने तर्क गर्नुभएको छ ।

नवौं महाधिवेशनलाई लक्षित गरी कार्यकर्तासँग भेटघाट गर्न शनिबार साँझ उदयपुरको सदरमुकाम आइपुगेका नेता नेपालले प्रेस चौतारी नेपाल उदयपुरले आइतबार बिहान आयोजना गरेको पत्रकार भेटघाटमा बुढा नेतालाई बिदा दिनुपर्ने बताउनुभयो ।

अध्यक्षका अर्का प्रत्यासी केपी शर्मा ओलीलाई संकेत गर्दै नेता नेपालले देश संकटपूर्ण अबस्थामा गुज्रिएकाले उमेरले मभन्दा बुढो, दाँत झरेका, बिचारविहीन, गुटमात्र चलाउन सक्ने हैसियत बोकेकाबाट अवको एमाले नेतृत्व कुनै हालतमा चल्न नसक्ने दाबी गर्नुभयो ।

‘ओली समूहले राखेको प्रस्तावअनुसार पुराना नेता हटनुपर्छ भने मभन्दा पुराना नेता हटौं, नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरौं,’ त्यसअघि उहाँले थप्नुभयो, ‘अबको नेतृत्वमा उमेरले मभन्दा जेठो नयाँ र युवा पुस्ता हुन सक्दैन ।’

‘२०२६ साल यताका एक सय फरक क्षमता भएका युवा नेताहरुको जमात पार्टी भित्र रहेकाले नेतृत्व नै हस्तान्तरण गर्ने हो भने सुरेन्द्र पाण्डे, घनश्याम भुसाल लगायत नेतालाई दिन किन नसक्ने ?’ नेपालले प्रश्न गर्नुभयो । यदि युवा पुस्तालाई नेतृत्व दिन नसक्ने हो भने देखिएका मध्ये सबैभन्दा कम उमेरको नेता आफू भएकाले नेतृत्व आफूले पाउनु पर्ने अडान दोहोर्याउनुभयो ।

नेता नेपालले आफूलाई जनताको वहुदलीय जनवादको हिमायती ठान्नेहरु प्रतिस्पर्धाबाट भागेर खुट्टा कमाएकोसमेत आरोप लगाउनुभयो । हरेश खानेलाई राजनीति नगर्न सुझाब दिँदै नेता नेपालले अरुले बोकेको मान्छेभन्दा सुख दु ःख, राम्रा अप्ठयारासँग घुलमेल गर्न सक्ने मान्छेले मात्रै पार्टीको नेतृत्व गर्न सक्ने तर्क गर्नुभयो ।

झण्डै ४५ मिनेट पत्रकारसँग साक्षात्कार गरेका नेता नेपालले घुमाउरो भाषामा पार्टीको नेतृत्व गर्न आफूमात्रै सक्षम र योग्य भएको दावी गर्नुभयो । उहाँले नवौँ महाधिवेशनमा विशेषगरी चार वटा प्रस्तावहरु नीति, राष्ट्रिय पुँजीको बिकास, जनताको वहुदलिय जनवाद र कस्तो पार्टी बनाउने भन्ने सन्र्दभमा वहस गर्नु पर्ने तर्क गर्नुभयो । पछिल्लो समयमा एमाले भित्र नीतिभन्दा पनि को नेता बन्ने र कसले बढि गुट चलाउने भन्ने सन्र्दभमा बढि छलफल र भेला हुने गरेको प्रति नेता नेपालले असन्तुष्ट व्यक्त गर्नुभयो ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले फरक प्रसंगमा सुशील कोइराला नेतृत्व सरकारको कामकारवाही सन्तोषजनक नभएको टिप्पणी गर्नुभयो । उहाँले वर्तमान सरकार पद्दति बसाल्नेभन्दा पनि कसरी आफ्ना मान्छे भर्ती गर्ने भन्ने बिषयमा मात्र उद्धत रहेको बताउनुभयो ।