९ कार्तिक २०८३, सोमबार

अनिश्चितकालीन बर्दिया बन्द (फोटो फिचरसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bardiya Band

– सुदीप अधिकारी
साउन २६, बर्दिया । थारु कल्याणकारीणी सभा संघर्ष समिति बर्दियाले आजदेखि अनिश्चितकालीन बर्दिया बन्दको घोषणा गरेको छ ।

कञ्चनपुरदेखि चितवन सम्मको थरुहट भूमिलाई थरुहट स्वायत्त प्रदेश बनाउनुपर्ने माग राखेर आज देखि आनिश्चितकालीन बर्दिया बन्दको घोषणा गरिएको हो ।

बन्दका कारण यातायात पूर्ण रुपमा ठप्प भएको छ । बन्दका कारण बर्दियाको सदरमुकाम गुलरिया लगायत ब्यापारीक केन्द्रहरु राजापुर, भूरिगाउँ, ताराताल, मैनापोखर, बाँसगढी पूर्ण रुपमा बन्द रहेको छ । यातायात र बजार संगै शिक्षण संस्था र कलकारखाना समेत ठप्प रहेका छन् । बन्दका कारण लामो दुरीका सवारी साधनमा यातायात गर्ने यात्रुहरु अलपत्र परेपछि लामो दुरीका सवारी साधनहरुलाई प्रहरीले स्कटिंग गरेर गन्तब्य सम्म पुर्याएको छ ।

थारु कल्याणकारीणी संघर्ष समिति बर्दियाले आज देखि अनिश्चितकालीन बर्दिया बन्द, २७ गते बर्दिया जिल्लाको ४ वटै निर्वाचन क्षेत्रमा जनपरिचालन तथा कोणसभा र २८ गते सदरमुकाम गुलरियामा जनसभाको आयोजना गरिने पत्रकार भेटघाट मार्फत जानकारी गराएको छ ।

Bardiya Band 2

थारु कल्याणकारीणी सभा संघर्ष समिति लगायत ७ वटा राजनीतिक दल तथा संगठनहरुद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा मुलुकका शासनकहरु जनताले दिएको मतादेशको विरुद्धमा गरिएको प्रदेश निर्माण गर्ने सहमती प्रति थारु समुदायको गम्भिर ध्यानाकर्षण भएको भन्दै थरुहट भूमिलाई छुट्याएर अन्येत्र गाभिए आफुहरुलाई मान्नय नहुने बताएका छन् ।

आफूहरुले शान्तिपूर्ण ढंगबाट आन्दोलन गर्ने र शान्तिपूर्ण आन्दोलनलाई हस्तक्षेप गरिएमा आन्दोलनको स्वरुप परिवर्तन गर्न सकिने संघर्ष समितिका प्रवक्ता देवमान चौधरीले बताए ।