९ कार्तिक २०८३, सोमबार

जुम्लामा हेलिकप्टरमा ढुंगामुढा भएपछि हुम्लामा हवाईमार्ग बन्द

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

MUGU-AIRPORTहुम्ला, २६ साउन । प्रदेश सिमाङ्कनको विरोध गर्दै हुम्लामा आज बिहानदेखि त्यहाँ रहेका नेपाली काँग्रेस, एनेकपा (माओवादी), नेकपा (एमाले), राप्रपा (नेपाल)लगायत १२ वटा पार्टीले सदरमुकाम सिमीकोट बजारलगायत हवाई मार्गसमेत बन्द गराएका छन् ।

कर्णाली अञ्चलका सबै जिल्लालाई मध्यपश्चिममा जोड्नुपर्ने माग राखी आज बिहानैदेखि स्वतःस्फूर्त बन्द आह्वान गरेका हुन् ।

कुनै अप्रिय घटना हुन नदिन प्रहरीले पनि बजारका गल्लीगल्लीमा कडा सुरक्षा निगरानी गरी बसेका छन् । प्रदर्शनकै क्रममा सोमबार जुम्लामा अवतरण हुन लागेको हेलिकप्टरमा ढुंगामुढा प्रहार भएको थियो । रासस