काठमाडौं, २५ साउन । नेपाली सेनाको प्रधान सेनापतिको कार्यभार बलाधिकृत रथी राजेन्द्र क्षेत्रीले पाएका छन् ।
नियमित अवकाश पाउनु एक महिना अगाडि नै बिदा बस्ने नेपाली सेनाको नियमानुसार प्रधान सेनापति गौरव शम्शेर राणाले सोमबार प्रधान सेनापतिको कार्यभार बलाधिकृत रथी राजेन्द्र क्षेत्रीलाई जंगी अड्डामा आयोजित एक समारोह बीच हस्तान्तरण गरेका हुन् ।
नेपाली सेनामा ४२ बर्ष सेवा गरी प्रधान सेनापतिको उच्च एवं गरिमामय ओहदाबाट राणाले भदौं २४ गतेबाट पदावधिको हदले नेपाली सेनाबाट अनिवार्य अवकाश पाउँदैछन् ।
राणा मंगलबारदेखि बिदामा बस्ने र बलाधिकृत रथी क्षेत्रीले मंगलबारदेखि नै कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नेछन् ।
















प्रतिक्रिया