१ असार २०८३, सोमबार

आजको मौसम : यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश र बागमती प्रदेशमा पूर्णतया बादल तथा गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लागेको छ र बाँकी भू–भागमा आंशिक बादल लागेको छ । कोशी र बागमती प्रदेशका केही स्थानहरू तथा मधेश, गण्डकी र कर्णाली प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा तथा मधेश प्रदेश लगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ ।

यसैगरी, आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल बादल लाग्ने र तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थानहरुमा र बाँकी भू–भागको एकदुई स्थानमा मेघगर्जन/चट्याङ्ग हावाहुरी, असिनासहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।