काठमाडौँ, २५ साउन । गरिबी निवारण कोषको कार्यकारी निर्देशकमा नहकुल केसी नियुक्त हुनुभएको छ ।
गरिबी निवारण कोष सञ्चालक समितिको ६०औँ बैठकले उहाँलाई आज नियुक्त गरेको कोषका प्रवक्ता श्रीराम सुवेदीले जानकारी दिनुभयो ।
गरिबी निवारण र विकासको क्षेत्रमा २० वर्ष लामो अनुभव बटुलेका केसीले अफगानिस्तानको आगाखान फाउन्डेसन र अफगानिस्तानकै ग्रामीण पुनर्वास तथा विकास मन्त्रालय तथा युएनडिपी भियतनाममा काम गर्नुभएको छ ।
दाङको तुल्सीपुरमा जन्मनुभएका केसीले समाजशास्त्र तथा सामुदायिक विकास विषयमा स्नात्तकोतर गर्नुभएको छ भने भारतबाट सार्वजनिक प्रशासन विषयमा स्नात्तकोतर गर्नुभएको छ । रासस















प्रतिक्रिया