९ कार्तिक २०८३, सोमबार

लिपुलेक सम्झौताको विरोधमा विप्लव माओवादीको प्रदर्शन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Netra-bikram-chand-biplopकाठमाडौँ, २५ साउन । नेपालको लिपुलेक क्षेत्रमा चीन र भारतले गरेको सम्झौताप्रति आपत्ति जनाउँदै नेकपा माओवादीले आज यहाँ विरोधसभा गरेको छ ।

स्थानीय सुनधारामा आज भएको सभामा पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले लिपुलेकको सम्झौता तत्काल खारेज नगरिए सशक्त आन्दोलन गर्ने चेतावनीसमेत दिनुभयो ।

विरोधसभामा पोलिटव्युरो सदस्य पद्म राई, व्युरो इन्चार्ज अनिल शर्मालगायतले नेपालको दार्चुला जिल्लामा पर्ने लिपुलेक भन्ज्याङ नेपालको भूमिलाई अन्य मुलुकले प्रयोजन गर्न नेपालको स्वीकृति आवश्यक हुने बताउनुभयो ।

यसअघि सो समूहले घण्टाघरबाट निकालेको विरोध जुलुस
रत्नपार्क, बागबजार, पुतलीसडक, भद्रकाली हुँदै सुनधारामा पुगेर कोणसभामा परिणत भएको थियो । रासस