९ कार्तिक २०८३, सोमबार

प्यूठानमा बस दुर्घटना, ६ जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Puthan_Accident_420678309प्यूठान, २५, साउन । सदरमुकाम नजिकै आज अपराह्न् भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ ।

मृतकमध्ये प्युठान नगरपालिका–१४ की माया केसी, लामभेलाका जुनु विक र तोरवाङ गाविसका नरेन्द्र जिसीको सनाखत भएको छ । सदरमुकाम खलङ्गाबाट बाङ्गेफेदी जाँदै गरेको ना ३ ख ८३८३ नंको यात्रुबाहक बस सारीवाङको घुम्तीबाट खोलामा खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा चार पुरुष र दुई महिलाको मृत्यु भएको प्रहरी जनाएको छ । घटनामा परी घाइते भएका २४ जनालाई उद्धार गरी स्वर्गद्वारी लाइफकेएर अस्पताल बाग्दुला र जिल्ला अस्पताल बिजुवारमा उपचारका लागि लगिएको प्रहरी नायब उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिनुभयो । घाइते सबैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।