– बसन्त बिश्वकर्मा
बाजुरा, २५ साउन । बुढीगंगा नदीले बगाउदा एक बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बडीमालिका नगरपालिका १२ गड्खेतका अमृत बडुवाल रहेका छन् ।
विहानै नदीको छेउमा खोलाले बगाएको दाउरा लिन गएको बेला नदीले बगाएको हो । पारिवारले बताएका छन् । आइतबार साँझदेखि परेको अविरल बर्षाका कारण बुढीगंगा नदीमा बाढी संगै आएका दाउराहरु संकलन गर्न ओला गएकाबेला नदीले बगाएको हो ।
मालिका उमाविमा कक्षा २ अध्ययरत अमृतका आमा कामको लागि लेकमा रहेकी छन् भने बुवा रोजगारीको सिलसिलामा भारतमा रहेका छन् । नदीले बगाएको खवर आएदेखी नै प्रहरीले उनको खोजी गरिरहेको छ । सव भने प्रप्त हुन नसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।















प्रतिक्रिया