प्युठान, २५ साउन । प्युठानमा यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
सदरमुकाम खलंगामा सोमबार दिउँसो ना ३ द ८३८३ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । दुर्घटनामा मृत्यु भएका ४ जनाको सनाखत हुन नसकेको छैन् ।
अहिले घटनास्थलमा नेपाल प्रहरी र स्थानीयले उद्धार कार्य जारी राखेका छन् । घटनाको विस्तृत बिवरण आउन बाँकि छ । दुर्घटनामा करिब २० जना घाइते भएका छन् ।















प्रतिक्रिया