१७ असार २०८३, बुधबार

काठमाडौं उपत्यका प्राधिकरणका पूर्वआयुक्त भाइकाजी तिवारी विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त भाइकाजी तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिवारीविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनीविरूद्ध १० करोड ५४ लाख ९५ हजार ८७१ रुपैयाँ ३९ पैसा बराबरको बिगो माग दाबी गरिएको छ । अख्तियारले दायर गरेको आरोपपत्रअनुसार, २०४४ भदौ १९ मा सार्वजनिक पद धारण गरेका उनी २०७८ वैशाख १ मा काठमाडौँ उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदबाट अवकास पाएका थिए।

त्यो अवधिको आयको हिसाब गर्दा १४ करोड ५१ लाख ९१ हजार ३५६ रुपैयाँ २५ पैसा आय आर्जन गरेको देखिएको अख्तियारले जनाएको छ। तर, यो अवधिमा २५ करोड ६ लाख ८७ हजार २२७ रुपैयाँ ६४ पैसा सम्पत्ति देखिएको आरोपत्रमा जिकिर गरिएको छ।

आय आर्जन गरेभन्दा १० करोड ५४ लाख ९५ हजार ८७१ रुपैयाँ ३९ पैसा बढी देखिएको अख्तियारको भनाइ छ ।