काठमाडौं, २४ साउन । अपरान्ह पाँच बजे बोलाइएको संविधानसभाको बैठक सात बजेलाई सारिएको छ । यसअघि तीन बजेका लागि निर्धारित बैठक पाँच बजे सारिएको थियो ।
संविधान निर्माणमा भएको सहमतिको प्रतिवेदन संवाद समितिले तयार पार्न समय लगाएकाले संसदको बैठक पाँचबाट बेलुका ७ बजेका लागि सारिएको संविधानसभा सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले बताए ।
सम्वाद समितिले संविधानमा भएको सहमति संसदमा पेश गर्नुपर्ने छ । सिंहदरबारमा बिहान साढे एघार बजेदेखि सुरु भएको सम्वाद समितिको बैठक अहिले पनि जारी छ ।













प्रतिक्रिया