काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज एकमात्र खेल हुँदैछ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजेपछि हुने खेलमा साविक विजेता लुम्बिनी लायन्स र काठमाडौं गोर्खाज भिड्नेछन् ।
लुम्बिनी रोहित पौडेल र काठमाडौं करण केसीको नेतृत्वमा मैदान उत्रनेछ ।
चार खेलबाट ७ अंक जोडेर शीर्ष स्थानमा रहेको लुम्बिनी आजको खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ ।
काठमाडौं भने ३ खेलबाट ४ अंकसहित चौथो स्थानमा छ । काठमाडौं पनि आजको खेल जितेर दोस्रो स्थानमा पुग्ने लक्ष्यमा हुनेछ ।
प्रतियोगितामा आठ टोली सहभागी छन् ।












प्रतिक्रिया