२१ कार्तिक २०८३, शनिबार

किन टुक्र्याइयो तीन जिल्ला ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-copy1

काठमाडौं, २४ साउन । संघीयतामा सीमांकनको टुंगो लगाउने क्रममा दलहरुले बागलुङ, नवलपरासी र, रुकुमलाई टुक्र्याएका छन् । जिल्ला टुक्र्याएसँगै सम्बन्धित जिल्लाबासी आन्दोलित भएका छन् । यसैको विरोधमा आज बागलुङ बन्द भएको छ ।

के जिल्ला टुक्र्याउनु ठिक थियो त ?

prakash-jwala01सभाषद् तथा नेकपा एमालेका नेता प्रकाश ज्वालाले दैनिक नेपालसँग कुरा गर्दै जिल्ला टुक्र्याउनु गलत भएको र यसलाई तत्काल सच्याइनुपर्ने बताए । ‘सीमांकन गर्दा जिल्ला टुक्र्याउनु हुँदैन भनेर दलहरुबीच सहमति भएको थियो,’ नेता ज्वालाले भने, ‘तर कसको योजनामा जिल्ला टुक्र्याईयो ? सहमति विपरित जिल्ला टुक्र्याउनु उचित होइन ।’ टुक्र्याउँदा भोली जिल्लाको अस्तित्व नै नहुँने उनको भनाई छ । उनले भने, ‘टुक्र्याउँदा जिल्लाको अस्तित्व के हुने भन्नेमा समस्या हुन्छ । अब लगत्तै गरिने स्थानीय निकायको निर्वाचन कसरी हुन्छ ? हामीले जिल्ला सभा, समन्वय समिति, स्थानिय निकाय रहने भनेर निर्णय गरेका छौँ । त्यसलाई कसरी कायम गर्ने ? कि त दुईवटा छुट्टै जिल्ला बनाउनु प¥यो । यसले झन ठूलो समस्या सिर्जना गर्छ ।’ उनले बागलुङ, नवलपरासी र रुकुमलाई क्रमशः ४, ५ र ६ प्रदेशमा राख्न सकिने समेत उल्लेख गरे ।

यो विषयलाई सच्याउन सकिने पनि उनको भनाई छ । नेता ज्वालाले भने, ‘शीर्ष नेताहरुको विशेष समितिले निर्णय गरेको हो । अहिले सम्बाद समितिमा छलफल चलिरहेको छ । सम्बाद समितिले यसलाई सच्याउन सकिहाल्छ नि ।’

किन टुक्र्याईयो तीन जिल्ला ?

काम गर्न पायक पर्ने कारण जिल्ला टुक्राएको हुनसक्ने नेता ज्वालाको आँकलन छ । उनले थपे, ‘रुकुमलाई बढी नगरपालिका भएको क्षेत्रमा पार्नको लागि पनि जिल्ला टुक्राइएको होला । यसमा जातीय जनघनत्वलाई पनि हेरिएको छ । तर, यसको अर्थ छैन । हामीले जातिय राज्य बनाउन लागेका त होइनौ नि ।’